Dr. Madan Kumar Bhattarai

Dr. Madan Kumar Bhattarai

 नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराई नेपाल सरकारका पूर्व परराष्ट्र सचिव हुन्।

काठमाडौं, कोटेश्वरमा डिसेम्बर १, १९५४ मा जन्मिएका डा. मदनकुमार भट्टराई सन् २००९–११ को अवधिमा नेपालका परराष्ट्र सचिव थिए । उनले दुई वर्ष (२०१६–१८) राष्ट्रपतिका परराष्ट्र मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकारको भूमिका पनि निर्वाह गरे । 
सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रुपमा प्रवेश गरेका भट्टराईले कूटनीतिक सेवामा झन्डै चार दशक बिताए । त्यस क्रममा उनले जर्मनी र जापानमा राजदूत, नयाँ दिल्ली र ढाकास्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुख एवम् नयाँ दिल्लीमा प्रथम सचिव र कोलकातामा वाणिज्यदूतको जिम्मेवारी सम्हालिसकेका छन् ।
कूटनीतिअघि अध्यापन र पत्रकारितामा संलग्न भट्टराई दी राइजिङ नेपालमा तीन वर्ष (१९७५–७८) उपसम्पादक थिए । उनले भारतको कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्ध (१९२९–५१) का विषयमा विद्यावारिधि गरेका छन् । उनले भारतको वैदेशिक सेवाका विभिन्न पक्षको मूल्यांकनबारे शोधपत्र तयार गरी महाविद्यावारिधि पनि गरेका छन् । 

Authored Books