ओ दार्जीलिङ ! का लेखक महेन्द्र पी. लामा (जन्म दार्जीलिङ, सन् १९६१) दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक छन् । उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद्का सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका छन् । भारतको लोक सेवा आयोगको इन्टरभ्यु बोर्डको सदस्य, राष्ट्रपतिका धेरै संस्थाहरूमा मनोनीत प्रतिनिधि र विश्वका धेरैवटा विश्वविद्यालयहरूमा पढाएका उनले सिक्किम केन्द्रीय विश्वविद्यालयमा राष्ट्रको नै सबैभन्दा कान्छो उमेरका संस्थापक कुलपति हुने कीर्तिमान कमाए । उनको लेखन र सम्पादनमा करिब दुई दर्जन पुस्तक प्रकाशित छन् ।