Bisarga

विसर्ग

Format Paperback
ISBN 9789937332118
Pages 127
Language Nepali
Edition 1st
Genre Fiction
Buy on thuprai
  • Share :

संयुक्त उपन्यास लेखनका लागि चुनौती हो । यो चुनौतीलाई अवसर बनाउनुभएको छ परशु प्रधान तथा गोविन्द गिरी प्रेरणाले ।

परशु प्रधान काठमाडौंमा बसेर लेखिरहनुभएको छ । गोविन्द गिरी प्रेरणा अमेरिकामा बसेर लेखिरहनुभएको छ । नयाँनयाँ सिर्जनामा उहाँहरुको विश्वास छ । त्यही निरन्तरता र विश्वासको परिणाम हो यो विसर्ग ।

यसभित्र पुरुष पात्रभन्दा नारी पात्रको बढी उपस्थिति देखिन्छ । रमाको उपस्थिति अरू नारी पात्रभन्दा फरक छ । तिनी आदर्शको नमुना बनेकी छिन् । के यति हो त उपन्यास ? होइन । होइन । धेरै कुरा छन् यो उपन्यासमा । देश छान्न सकिन्छ । तीसको दशकको परिवेश भेट्न सकिन्छ । भ्रष्टाचारको जालो छ । तल्लो तहका कर्मचारीदेखि मन्त्रीसम्म यो जालोमा लटपटिएका छन् । कुनै किसिमको बन्धन छैन । तिनीहरू निर्भीकताका साथ आफ्नो अनैतिकताको दुनो सोझ्याइरहेका छन् । महँगी छ । कसैलाई चासो छैन । गरिबी छ । कसैलाई मतलब छैन ।
In this book, female characters are more prominent than male. The apperance of the character Rama is different from otehr female characters. She is an example of an ideal. Is this all that in it’s novel? No, No. There are lot of things in this novel.



null

About the Author

Parashu Pradhan
Parashu Pradhan

परशु प्रधान (वि.सं. २०००- २०८४) नेपाली साहित्यकार हुन्। उनी गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउँछन्। पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना - वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो।