Jantarmantar

जन्तरमन्तर

Format Paperback
ISBN
Language Nepali
Edition 1st
Genre Short Stories
Buy on thuprai
  • Share :


जन्तरमन्तरमा १५ वटा कथा रहेका छन् । कथामा पराजुलीले देशको राजनीति, दशक लामो सशस्त्र द्वन्द्व, उत्तरद्वन्द्वका सामाजिक–आर्थिक र राजीतिक प्रभावजस्ता विषयलाई उनले मिहिन ढंगमा उठाउँदै आएका छन् । साथै, उनका कथाले सामाजिक विद्रुपता, विभेद, जनताका अधूरा सपना र सीमान्तकृत–किनारीकृत नागरिकका पीडालाई दृश्यमा उतारेका छन् ।

About the Author

Rajendra Parajuli
Rajendra Parajuli
राजेन्द्र पराजुली मूलतः कथाकारका रूपमा परिचित छन् । उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासङ्ग्रह प्रकाशित भएका छन् । शुक्रराज शास्त्रीको चस्मा कथासङ्ग्रह २०७३ सालको मदन पुरस्कारको छोटो सूचीमा परेको थियो । कथासङ्ग्रसहित पराजुलीका अनायिका उपन्यास, भ्रष्ट संवेदना कवितासंग्रह र कोटेश्वरको केटो संस्मरणकृति प्रकाशित भइसकेका छन् । पत्रकारितामा आवद्ध उनका कथामा पेसागत विकृतिसमेत केलाइएका हुन्छन् ।