Kafkako Kaam Sakiyo

काफ्काको काम सकियो

by Rajav
Format Paperback
ISBN 9789937775090
Language Nepali
Edition 1st
Genre Fiction
Buy on thuprai
  • Share :
null


कतैबाट उसलाई प्रयान्ज काफ्काले टोलाइरहेको रहेछ । ऊ भिसा काउण्टरको क्लर्कको कुरो सुन्दै थियो । अमेरिकी भिसाको लागि यो उसको सातौँ प्रयास थियो । काउन्सलरको क्लर्कले उसलाई पहिले जे सुनाएको हो त्यही सुनाइरहेको थियो, तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी । 'घुम्न जाने हो, सर ।' उसले भनेको थियो ।क्लर्कका ओठ पूर्ववत्: व्यङ्ग्यपूर्ण लोप्रिएका थिए । त्यसको अनुहार एक कुटिल नाजीकोझैं लागिरहेको थियो उसलाई । उसका ओठ, मुख सुक्दै थिए । क्लर्क भन्दैथियो,  तपाईं फर्कनु हुन्छ भन्ने हामीलाई विश्वास छैन, सरी ।हरेक पटक उसलाई यही भनेर फर्काइएको थियो । यस पटक पनि त्यही भनियो ।उसको हातमा क्लर्कले फिर्ता दिएको असफल पासपोर्ट थियो ।उसको अनुहारको कतै पनि उज्यालो थिएन ।वैशाखको चर्को घामको दिन थियो । घोर निराशाले अंधेरिएको अनुहार लिएर ऊ भिसा काउण्टरबाट हटेको थियो ।

About the Author

Rajav
Rajav

कथाकार ‘राजव’को औपचारिक नाम जनार्दन पुडासैनी हो । दुई दशक राष्ट्रिय वाणिज्य बैंकमा बिताएका उनी २००२ नोभेम्बरदेखि अमेरिकाको म्यासाचुसेटमा बस्छन्।