Koteshwarko Keto

कोटेश्वरको केटो

Format Paperback, EBook
ISBN 9789937705509
Language Nepali
Edition
Genre Memoirs
Buy on thuprai
  • Share :


आजभन्दा साढे चार दशकअघिको कोटेश्वर, काठमाडौंको संस्कृति, वाग्मती नदी र काँठे जनजीवनको दृश्यात्मक कथा पस्केका छन् । जीवनका आरोह–अवरोह, सङ्घर्ष र सफलता–असफलतालाई कतै काव्यिक त कतै समाचारीय शैलीमा उनले लेखेका छन् । 

लेखक पराजुलीको यो आठौं कृति हो । अघिल्लो वर्ष ‘अघोरी’ कथासङ्ग्रह बजारमा आएको थियो । 

About the Author

Rajendra Parajuli
Rajendra Parajuli
राजेन्द्र पराजुली मूलतः कथाकारका रूपमा परिचित छन् । उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासङ्ग्रह प्रकाशित भएका छन् । शुक्रराज शास्त्रीको चस्मा कथासङ्ग्रह २०७३ सालको मदन पुरस्कारको छोटो सूचीमा परेको थियो । कथासङ्ग्रसहित पराजुलीका अनायिका उपन्यास, भ्रष्ट संवेदना कवितासंग्रह र कोटेश्वरको केटो संस्मरणकृति प्रकाशित भइसकेका छन् । पत्रकारितामा आवद्ध उनका कथामा पेसागत विकृतिसमेत केलाइएका हुन्छन् ।