Saahas

साहस

Format Paperback
ISBN 9789937949286
Pages 219
Language Nepali
Genre Literature
Buy on thuprai
  • Share :


यस पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औँल्याउँछ । मानव बेचबिखन यौनसँग मात्र सम्बन्धित छैन; यो कुनै व्यक्तिविरुद्धको यस्तो सामाजिक अपराध हो, जुन लैङ्गिकता, यौनिकता, आप्रवासन, आर्थिक विपन्नता, सामाजिक-सांस्कृतिक अवहेलना, श्रमको विभेद, संरचनागत शक्ति असन्तुलनले सृजना गरेको हिंसा र राज्यको अर्घेल्याइँ लगायतका अनेकौं पक्षसँग जेलिएको छ ।

यस पुस्तकले बेचबिखन जस्तो जटिल विषयमा अनुसन्धान गर्ने उपयुक्त विधि पनि सुझाएको छ, जसले बेचबिखनबाट प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर समाजशास्त्रीय- महिलावादी बहसको प्राज्ञिक पैरवी गर्छ । पुस्तकले बेचबिखन जस्तो जघन्य अपराधमा घचेटी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक /कानुनी रूपमा बहिष्कार गरिएका र त्यसका परिणाम भोग्न बाध्य पारिएका महिलाहरूले गरेको प्रतिरोधको रणनीतिक साहसलाई मिहिन ढङ्गले विश्लेषणसमेत गर्छ !

About the Author

Meena Poudel
Meena Poudel

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी मीना  पौडेल समाजवादी विश्लेषक हुन् ।