Sipahiki Swasni

सिपाहीकी स्वास्नी

Format Paperback
ISBN 9789937866620
Pages 225
Language Nepali
Edition 3rd
Genre Fiction
Buy on thuprai
  • Share :
null


यस कृतिमा वर्तमान जीवन र यथार्थका सकसहरू कोट्ट्याउने र कोरल्ने खालका अठार कथाहरू सँगालिएका छन् । कथाकार शाहको सरल र सरस तर प्रभावकारी आख्यान रच्ने विशिष्ट शिल्प यस सँगालोका प्रत्येक कथामा विद्यमान छ र यसै वैशिष्ट्यका कारण यो संग्रह नेपाली समसामयिक कथाभण्डारमा एउटा महत्पूर्ण उपलब्धिका रुपमा थपिएको छ ।

About the Author

Mahesh Bikram Shah
Mahesh Bikram Shah

महेशविक्रम शाह २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका हुन्। उनी नेपाल प्रहरीको सेवाबाट निवृत भएका हुन्। उनी कथाका लागि बढी कलम चलाउँछन् । उनका 'ज्याक्सन हाइट', 'अफ्रिगन अमिगो', 'सिपाहीकी स्वास्नी', 'काठमान्डुमा कामरेड' र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनले 'छापामारको छोरो'का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन्।

Mahesh Bikram Shah is a Nepali author, novelist and winner of Madan Puraskar for his book Chhapamar ko Chhoro of Nepal.Shah is now a retired policeman.